मौसम : देशका केही ठाउँमा हल्का देखि मध्यम वर्षा
  • प्रमुख खबर

भाद्र ३१, काठमाडौं ।।

देशका धेरैजसो ठाउँमा हल्का पानी परेपनि गण्डकी र कोशी प्रदेशमा भने ठूलो पानी परेको छ । पछिल्लो १२ घण्टामा संखुवासभाको टाँसीगाउँमा सबैभन्दा धेरै २४७ मिलिमिटर वर्षा मापन भएको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै तनहुँको थप्रेकमा १५७ मिलिमिटर,स्याङजाको डण्डस्वारामा १२७ मिलिमिटर वर्षा मापन भएको छ । साथै कास्की, लमजुङ र गोरखामा पनि ६० मिलिमिटरभन्दा धेरै नै  वर्षा भएको छ ।

अहिले गण्डकी प्रदेशका केही ठाउँ, कोशी, मधेस, बागमती र कर्णाली  प्रदेशका थोरै ठाउँमा तथा लुम्बिनी र  सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन चट्याङसहित हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको छ ।  ती आसपास क्षेत्रहरूमा थप वर्षा हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज कोशी ,बागमती र गण्डकी प्रदेशको एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही ठाउँमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्