बाढीपहिरो प्रभावितका लागि स्पाइरल ग्यालेक्सी एकेडेमीद्वारा एक लाख एक हजार एक सय ११ रुपैयाँ सहयोग
  • सन्तोष पराजुली

भदौ ३१,पोखरा।।

बाढीपहिरो लगायतका प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले पोखरा महानगरपालिका–१, सिम्पानीस्थित स्पाइरल ग्यालेक्सी एकेडेमीले प्याब्सन मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख १ हजार १ सय ११ सहयोग गरेको छ

विपद्का कारण प्रभावित परिवार तथा समुदायलाई राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयले उक्त रकम प्रदान गरेको हो। विद्यालयका प्रधानाध्यापक अशोक ओझाका अनुसार प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला विद्यालयको तर्फबाट आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग गरिएको हो।“विपद्को समयमा पीडित नागरिकलाई साथ दिनु सबैको सामाजिक दायित्व हो। विद्यालयले आफ्नो क्षमता अनुसार विपद् प्रभावित नागरिकका लागि सहयोग गरेको हो,” प्रधानाध्यापक ओझाले बताउनुभयो

विद्यालयले प्रदान गरेको सहयोगले विपद्को समयमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता र सामाजिक उत्तरदायित्वको भावना प्रस्तुत गरेको छ। साथै, विद्यालयले आगामी दिनमा पनि प्राकृतिक विपद्, मानवीय सहायता तथा विभिन्न सामाजिक सेवाका क्षेत्रमा आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
विद्यालयले विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व, मानवीय संवेदना र सहयोगी भावनाको विकास गराउने उद्देश्यले पनि यस्ता सामाजिक कार्यमा सहभागिता जनाउँदै आएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्