प्रधानमन्त्री बालेन आज अमेरिका जाँदै, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई
  • प्रमुख खबर

Oplus_131072

भदौ ६, काठमाडौं ।।
संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) संयुक्त राज्य अमेरिका जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ ।

प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन मंगलबार(आज) साँझ ७ बजे काठमाडौंबाट अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दै छन् ।

उनले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए । उक्त सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका छन् ।

प्रधानमन्त्री शाहले उक्त महासभामा यही असोज ८ गते बिहीबार सम्बोधन गर्ने कार्यतालिका छ । उनी असोज १० गते स्वदेश फर्किने कार्यतालिका रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्