पोखराको जैमुरेबाट भरुवा बन्दुक बरामद
  • प्रमुख खबर

कात्तिक १९, पोखरा ।।

प्रहरीले पोखरा महानगरपालिका वडा नं. १६, जैमुरेबाट एक थान भरुवा बन्दुक बरामद गरेको छ ।

वडा प्रहरी कार्यालय बगरबाट खट्टिएको प्रहरीको गस्ति टोलीले बुधबार दिउँसो सडक छेउमा बेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गस्ति गर्ने क्रममा जैैमुरे पुगेको टोलीले बेवारिसे अवस्थमा रहेको एकनाले भरुवा बन्दुक फेला पारेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र कुमार पासवानले बताए ।

सो विषयमा प्रहरीले थप अनुसन्धान गरी आवश्यक कानूनी प्रकृया अगाडी बढाइएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्