पाेखरा ।।
इमेज सहकारी ठगी मुद्दामा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ परेका छन् ।
रेडकर्नर नोटिस जारी भएसँगैं इन्टरपोलसँगको समन्वयमा मेयर नेपालीलाई पक्राउ गरिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख एआइजी दीपक थापाले दिएकाे जानकारी अनुसार नेपालीमाथि रेड कर्नर नोटिस यसअघि नै जारी गरिएको भन्दै उनलाई पक्राउपछि नेपाल ल्याउने तयारी भइरहेको बताएका छन् ।
मेयर नेपाली पोखराकाे सृजनाचाेक र बागलुङमा रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन्।
उनीमाथि सहकारी खाेलेर १ हजार ४ सय ८१ बचतकर्ताको १ अर्ब ३३ करोड ९२ लाख ५० हजार रुपैयाँ अपचलन गरेकाे अाराेप छ ।
उनीसहित १० जनाविरुद्ध गत वर्षकाे असारमा नै ठगी मुद्दा दायर भएको थियो ।









