सुनको मूल्यमा तिब्र बृद्धी आज ६ सय रुपैयाँले बढ्यो
  • प्रमुख खबर

पोखरा ।।

आज सुनको भाउ ६ सय रुपैयाँले बढेको छ । सुनको भाउ ६ सय रुपैयाँले बढेर ताेलाकाे एक लाख ९२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाकाे एक लाख ९१ हजार ६ सय रुपैयाँ रहेकाे थियाे । यसअघि गएकाे वैशाख ९ गते सुनकाे भाउ अहिलेसम्मकै उच्च ताेलाकाे एक लाख ९७ हजार नौ सय रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदीको भाउ १० रुपैयाँले घटेर ताेलाकाे एक हजार नौ सय ५५ रुपैयाँमा काराेबार भइरहेकाे महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्