दर्शन साकोसद्वारा महिलाको लागी अचार बनाउने तालिम सम्पन्न
  • प्रमुख खबर

पोखरा ।।

पोखराको दर्शन बचत तथा ऋण सहकारी संस्था लि.ले महिला शेयर सदस्यहरुलाई उद्यमशिल बनाउन अचार बनाउने तालिम दिएकाे छ ।

विशेषगरी नेपाल ठकुरी संगम परिवार कास्की, ठकुरी महिला परिवार, ठकुरी भु.पु परिवार र ठकुरी युवा परिवार कास्कीका ठकुरी महिला सदस्यहरुलाई उक्त तालिम दिएकाे हाे ।

तालिममा प्रशिक्षकका रुपमा उपस्थित महिला उद्धमी अनामिका श्रेष्ठले ठकुरी समुदायकाे ८५ जना महिलाहरुलाई मासु, मेथि र लसुनको अचार बनाउने तालिम दिएकी हुन् ।

नेपाल ठकुरी संगम परिवार कास्कीको प्राङ्गणमा भएको उक्त कार्यक्रममा अध्यक्ष राजाराम शाहीले महिला सदस्यलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले अचार बनाउने तालिम सञ्चालन गरिएको जानकारी दिएका छन् ।

उनले तालिममा सिकेकाे सीपलाई पेशा तथा व्यवसाय सञ्चालन गरेर उद्यमी बन्न चाहनेलाई संस्थाले नीति नियम अनुरुप सहयोग गर्ने प्रतिबद्वता पनि व्यक्त गरेका छन् ।

यस्तै साे तालिममा प्रशिक्षक अनामिका श्रेष्ठले आमा दिदी बहिनीहरुले आफ्नै घरमा बसेर खाली समयकाे सदुपयाेग गर्दै अचार बनाएर नै व्यवसायी बन्न सक्ने बताइन् । यसले आम्दानीकाे पनि हुने जसले आफुलाई घर खर्च चलाउन सहयोग पुग्ने समेत बताइन् ।

यस तालिमबाट सिकेको सीपलाई प्रयाेग गर्दै फुर्सदको समयमा अचार बनाएर बेच्न तालिममा उपस्थित सदस्यलाई आग्रह समेत उनले गरेकी छन् ।

यस्तै ठकुरी महिलाहरुले उत्पादन गरेकाे अचारको बजारीकरण तथा व्यवस्थापनका लागि संस्थाले सहयाेग गर्ने पनि आयाेजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्