काठ्माण्डाैं ।।
यातायात व्यवसायीसँग छलफल गर्नका लागि सरकारले वार्ता समिति गठन गरेको छ ।
पसरकारले जारी गरेकाे राइड सेयरिङ सम्बन्धी नियमावलीको विरोधमा सडकमा उत्रिएका व्यवसायीसँगको छलफलका लागि वार्ता समिति गठन गरेकाे हो ।
गृह मन्त्रालयमा आज बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवको संयोजकत्वमा विभिन्न मन्त्रालयका प्रतिनिधि तथा यातायात व्यवसायी रहने गरी वार्ता समिति गठन गरेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।
उनका अनुसार यातायात व्यवसायीहरुले देशभर सार्वजनिक यातायात ठप्प पारेपछि गृहमन्त्री रमेश लेखकसहित सरोकारवाला निकायले साेमबार यातायात व्यवसायी तथा मजदुरका आठ सङ्गठनसँग छलफल गरेका हुन् ।
उक्त समितिमा सरकारका तर्फबाट विभिन्न मन्त्रालयका आठ जना र यातायात व्यवसायी तथा मजदुरको तर्फबाट चारजना सदस्य रहने छन् ।











