पोखरा/ गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नयाँ नियमावलीको कार्यान्वयन एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट मंगलबार पठाइएको पत्रको आधारमा प्रदेश सरकारले यो निर्णय लिएको हो।
मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले पत्र प्राप्तिपछि सम्बन्धित मन्त्रीहरू तथा उच्च पदाधिकारीहरूसँग छलफल गरेका थिए। छलफलपछि नियमावलीलाई एक महिनाका लागि स्थगित गर्दै उक्त अवधिमा यातायात व्यवसायीसँग संवाद गर्ने निर्णय भएको मुख्यमन्त्री कार्यालयका एक अधिकारीले जानकारी दिए।









