पोखरा ।।
नेपाल पत्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा आयोजित ३ दिने मल्टिमिडिया पत्रकारिता तालिम सुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सभामुख कृष्ण प्रसाद धितालले समाजलाई सचेत, सुशुचित र सक्रिय गराउने काम पत्रकारिताको भएको बताए ।
पत्रकारलाई गतिशिल बनाउन यस प्रकारको तालिमले मद्दत गर्ने उनको भनाइ थियो ।
नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले हाल सञ्चार क्षेत्रमा आर्थिक मन्दिको अवस्था रहेको बताउँदै पत्रकारिता क्षेत्रमा आकर्षण बढाउन र प्रविधिको प्रयोग गर्दै यस क्षेत्रलाई परिस्कृत तबरले आगाडी बढाउन तालिम प्रभावकारी हुने बताए ।
नेपाल खोजमुलक मल्टिमिडिया पत्रकारिता संजालको प्राविधिक सहयोगमा सञ्चालित तालिमका प्रमुख प्रशिक्षक संजालका संस्थापक रजनीश भण्डारी रहेका छन् ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष माधव रेग्मी र कार्यक्रम सञ्चालन सचिव भुपाल गुरुङले गरेका थिए ।
तीन दिनसम्म सञ्चालन हुने तालिममा विभिन्न संचारमाध्यममा आवद्व ६० जना पत्रकार एंवम संचारकर्मीको सहभागिता रहेको छ ।









