पोखरा ।।
आज देशभर बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएराती देशका धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ ।
पछिल्लो ६ घण्टामा कतै पनि ठूलो पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हिजो बेलुकी अबेर झापा र पाँचथरमा बाढी आउने गरी पानी परेको थियो । त्यसपछि कतै पनि ठूलो पानी नपरेको महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेशमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । देशभर मनसुन सक्रिय रहेकोेले कुनै ठाउँमा छोटो समयमा पनि धेरै पानी पर्ने सम्भावना हुने भएकाले सचेत भइरहन मौसमविदको आग्रह छ ।









