कोरोनाका कारण पोखरामा ७० वर्षीय महिलाको मृत्यु
  • प्रमुख खबर

Oplus_131072

पोखरा ।।
कोरोना सङ्क्रमणका कारण पोखरामा ७० वर्षीय एक महिलाको मृत्यु भएको छ। उनको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खीमबहादुर खड्काले पुष्टि गरेका छन्।

स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलामा असार २५ गते कोरोना संक्रमण देखिएको थियो । उपचारको क्रममा गए राति उनको मृत्यु हो ।

उनलाई उच्च रक्तचाप र मधुमेह पनि देखिएको अस्पताल प्रशासनले जनाएको छ । खड्काका अनुसार उनलाई अरु समस्या पनि थियो भन्ने सुनिएको र पछि कोरोना पनि एसोसियट हुन आयो । उनले मृत्युको अरु कारण पनि हुनसक्छ तर कोरोना भन्ने पुष्टि भएको हो  ।

गण्डकीमा अहिले कोरोना सङ्क्रमणको दर बढ्न थालेको निर्देशनालयले जनाएको छ । हाल प्रदेशभर ८ जना सङ्क्रमित उपचाररत रहेका छन् । तीमध्ये कास्कीमा ५ जना छन् भने बागलुङमा २ र स्याङ्जामा एक जना रहेको निर्देशनालयले बताएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्