गण्डकी प्रदेश प्रमुखबाट दुई महत्वपूर्ण विधेयक प्रमाणीकरण
  • प्रमुख खबर

श्रावण १८, सोमबार
पोखरा ।।
गण्डकी प्रदेश सभाबाट पारित भई प्रमाणीकरणको प्रक्रियामा रहेका दुई महत्वपूर्ण विधेयकहरूलाई प्रदेश प्रमुखको कार्यालयले प्रमाणीकरण गरेको छ।

प्रमाणीकरण भएका ती दुई विधेयकहरूमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणित भएको हो ।

नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सोमबार(आज) विधेयक प्रमाणीकरण गरेका हुन् ।

यी विधेयकहरूको प्रमाणीकरणसँगै अब मगर तथा गुरुङ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न र औद्योगिक व्यवसाय सम्बन्धी व्यवस्था थप परिमार्जन गर्न बाटो खुलेको छ।

यस कदमले स्थानीय भाषाहरूको संरक्षण तथा प्रवर्द्धन र प्रदेशको औद्योगिक क्षेत्रको कानुनी संरचना अझ स्पष्ट र प्रभावकारी बनाउन यो विधेयक महत्वपूर्ण हुने विश्वास गरिएको छ।

यस्तै प्रदेश प्रमुखको कार्यालयका सहायक प्रवक्ता सीता सापकोटा सुवेदीले उक्त विदाएकहरुको प्रमाणीकरणको जानकारी सार्वजनिक गर्दै सम्बन्धित सबै पक्षहरूलाई सूचित गरेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्