पोखरा १३, आर्बा मडकेल्नामा सवारी दुर्घटना
  • प्रमुख खबर

भाद्र ०८, पोखरा ।।
सोमबार बिहान करिब आर्बा १३ स्थित मडिदिप देखी पोखरा तर्फ आउँदै गरेको ग १ ख ४०२७ नम्बरको बस दुर्घटना भएको छ। प्रारम्भिक विवरण अनुसार, बस चालकले नियन्त्रण गुमाउँदा सडक छेउको नालिमा ठोक्किँदा दुर्घटना भएको हो।

बिना बराल प्रत्यक्षदर्शीका अनुसार, उनले अरु सबैलाई चोट लाको छ, कतै–कतै कोहीको नाक, कोहीको मुखमा चोट लागेको छ , मलाई टाउकोमा बढी दुखिरहेको छ उनले भनिन् ।

“डिलमा गएको भए भिर थियो, बाचिने थिएन। कुनामा ठोक्किएर बाचियो। भगवानले आज बचाए,” भन्दै उनले घटनाको विवरण सुनाइन्।

बसमा सवार २२ जना यात्रु घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि गण्डकी अस्पताल पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले जानकारी दिएको छ। घटना सम्बन्धी विस्तृत विवरण आउन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्