भाद्र ९ गते, सोमबार
पोखरा ।। पोखरा महानगरपालिका वडा नम्बर १३ आर्वामा आज बिहान बस दुर्घटना भएको छ। आर्वा–मणिदीपबाट काहुँखोला तर्फ आउँदै गरेको ग १ ख ४०२७ नम्बरको बस मडकेल्नामा दुर्घटना भएको हो।
उक्त दुघर्टना बसमा सवार २३ जना यात्रु घाइते भएका छन्। चालकले नियन्त्रण गुमाउँदा दुर्घटना घटेको हुन सक्ने स्थानीयले बताएका छन् ।

दुघर्टना परी पोखरा–१३ का २० वर्षिया अञ्जली परियार, ३२ वर्षिया अनिता सापकोटा, ६५ वर्षिया अम्बिका बराल, ३० वर्षिया सुरमा परियार, ९ वर्षिया सुप्रिया परियार, २५ वर्षिया कविता पाण्डे, ६५ वर्षिया मनशोभा परियार घाईते भएका छन् ।
त्यस्तै सोही दुर्घटनामा ५२ वर्षिया कोपिला बराल, ६२ वर्षिय टंकप्रसाद देवकोटा, ४६ वर्षिय चन्द्रबहादुर आले, ३२ वर्षिय मधु अधिकारी, ३७ वर्षिया चन्द्र पराजुली, १५ वर्षिया सिम्रन बराल, ४४ वर्षिया मनमाया सुनार, १० वर्षिय एञ्जल परियार, ४० वर्षिया नानुमाया परियार, २३ वर्षिया रचना बराल, ६ वर्षिय दिव्यान बराल, ४६ वर्षिय सरद बराल, ३४ वर्षिया पार्वती बराल, ७० वर्षिय पदमराज बराल र ५५ वर्षिया जमुना बराल घाईते भएका छन् ।
दुर्घटनामा बसका चालक ४२ वर्षिय तेजबहादुर मगर पनि घाईते भएका छन् । घाईतेमध्ये ६२ वर्षिय टंकप्रसाद र ५५ वर्षिया जमुना बरालको अवस्था भने अलि गम्भीर रहेको साथै अन्यको अवस्था सामान्य रहेको बताइएको छ ।
घाईते मध्ये चन्द्र, सिम्रन, मनमाया, तेजबहादुर, कविता, एञ्जल, नानुमाया, रचना, दिव्यान, सरद र पदमराज उपचारपछि डिस्चार्ज भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, गण्डकीका निर्देशक सह प्रा.मि. पद्यराज ढुंगानाद्वारा जारी गरिएको पत्रमा उल्लेख गरिएको छ। यस्तै अन्य घाइतेहरुको भने उपचार भइरहेको सो पत्रमार्फत जनाइएको छ ।









