आगजनीपछि सीडीओ कार्यालयको चुनौती : अत्यावश्यक कामलाई प्राथमिकता दिँदै छिट्टै सेवा सुचारु गर्ने
  • प्रमुख खबर

भाद्र २७, पोखरा ।।
जेनजी समुहले भदौ २४ गते गरेको आन्दोलनका क्रममा पोखरामा रहेका लगभग सबै सरकारी संरचनाहरु जलेका छन्।

सोही आन्दोलनमा जिल्ला प्रहरी कार्यालय कास्की (सीडीओ)को भवनमा समेत आगजनी भएको थियो । आगलागीले भवन र कागजातमा ठूलो क्षति पुगेकाले सेवा सुचारु गर्न कठिनाइ भइरहेको छ।

तर जिल्ला प्रशासन कार्यालय कास्कीकी प्रमुख रुद्रदेवि शर्माले अत्यावश्यक कामलाई प्राथमिकता दिँदै केही व्यवस्थापन गरेर भएपनि सेवा पुनः सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएकी छिन्।

उनले आन्दोलनकै क्रममा कार्यालयको सामानहरू चोरी भएको बताउँदै आफूहरुसँग चोरीको फुटेज भएको हुँदा ती सामान फिर्ता गर्न आह्वान पनि गरेकी छन्। यदि कार्यालयका सामानहरू फिर्ता नभए कानुन बमोजिम कारबाही गरिने बताइन् ।

अहिले विषेशगरी सेवाग्राहीहरूलाई छिटो भन्दा छिटो सेवा दिनेतर्फ आफुहर लागि परेको र अर्को भनेको कार्यालयमा भएको क्षतिको मूल्यांकन गर्ने काम भइरहेको समेत बताइन् ।

यतिबेला देशभरका विभिन्न सरकारी कार्यालयमा भएको आगजनीपछि अधिकांश कार्यालयहरु अझै सामान्य सेवामा फर्कन सकिरहेको अवस्था भने छैन। जसले गर्द सेवाग्राही देखि लिएर सर्वसाधारण जनताले सास्ती भोगिरहनुपरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्