कास्की कारागारबाट भागेका कैदीबन्दीमध्ये ३ सय कैदी सम्पर्कमा, अन्यको खोजी कार्य तीब्र
  • प्रमुख खबर

Oplus_131072

भाद्र २७, पोखरा ।।
भदौ २४ गते भएको जेनजी आन्दोलनमा तोडफोड र आगजनीका क्रममा कास्की जिल्ला कारागारबाट भागेका कैदीबन्दीहरूमध्ये धेरैजना सम्पर्कमा आउन थालेका छन्।

जिल्ला कारागार कास्कीका प्रशासक राजेन्द्र शर्माका अनुसार अहिलेसम्म ३ सय कैदीबन्दी सम्पर्कमा आएका छन्।

अहिले कैदीबन्दीहरु धमाधम आउन थालेसँगै
उनीहरूलाई सुरक्षित राख्न विद्युत मर्मतसहितका काम भइरहेको शर्माले बताए ।

सो आन्दोलनका क्रममा कैदीबन्दी राख्ने ब्लकमा ठूलो क्षति नभए पनि प्रशासनिक भवनलगायतका संरचनामा आगजनी भएको हुँदा तत्काल प्रयोग गर्न योग्य अवस्थामा नभएको उनले बताए ।

तर अहिले त्यहाँ बिजुलीको मर्मत सम्भार कार्य भइरहेको र आफूहरुले वैकल्पिक व्यवस्था गरेर सम्पर्कमा आएका कैदीबन्दीहरुलाई राख्ने काम भइरहेको जानकारी दिए ।

अघि बढ्ने तयारी भइरहेको छ। उक्त आन्दोलनका क्रममा कास्की कारागारभित्र रहेका धेरै कैदीबन्दी कारागार तोडेर भागेका थिए । त्यसबेला ७ सय ३८ जना पुरुष र ३५ जना महिला गरी ७ सय ७३ कैदीबन्दी कारागारमा थिए।

बिस्तारै अहिले स्थिति सामान्य हुन थालेपछि भागेका कैदीबन्दीको खोजी कार्य तीव्र पारिएको छ। जसकारण हाल उनीहरू आफै सम्पर्कमा आउन थालेका हुन् । सम्पर्कमा नआएका कैदीहरुलाई प्रशासनले छिट्टै नियन्त्रणमा लिने पनि जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्