आश्विन १, काठमाडौं ।।
कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार(आज)नयाँ तालिका सार्वजनिक गर्दै अर्को परीक्षा मिति तय गरेको हो ।
यसअघि कक्षा १२ को पूरक परीक्षा भदौ २८ र २९ गरेका लागि तय भएको थियो । तर देशभर भएको जेनजी
प्रदर्शनका कारण बोर्डले परीक्षा स्थगित गरेको थियो।
बोर्डका अनुसार असोज ७ गते अनिवार्य अङ्ग्रेजी (कोड ००४१) को परीक्षा हुनेछ। एक विषय मात्र परीक्षा दिने विद्यार्थीले त्यही दिन परीक्षा दिनुपर्नेछ।
दुई विषय परीक्षा दिने विद्यार्थीले भने पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) को परीक्षा दिनुपर्नेछ।
त्यस्तै असोज ८ गते दुई विषय परीक्षा दिने विद्यार्थीका लागि आफूले दिने विषयमध्ये ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ।
सोही दिन अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा पनि सञ्चालन हुने बोर्डले जनाएको छ। बोर्डले यसअघि नै परीक्षा केन्द्र निर्धारण गरिसकेको छ।












