ऋणको बोझ चुलियो: तीन महिनामै ६९ अर्ब थप, अर्थतन्त्रमा दबाब बढ्दै
  • प्रमुख खबर

Oplus_131072

असोज ९, काठमाडौं ।।
नेपालको सार्वजनिक ऋण २७ खर्ब ४३ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गएको भदौ मसान्तसम्म यो ऋण मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४४ दशमलव ९२ प्रतिशत बराबर पुगेको हो।

गत असार मसान्तसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँमा सिमित रहेकोमा यो तीन महिनामा मात्रै करिब ६९ अर्ब रुपैयाँले ऋण थपिएको देखिएको छ।

हालको सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण १२ खर्ब ८१ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ, जसको हिस्सा जीडीपीको २० दशमलव ९९ प्रतिशत छ।

त्यस्तै, बाह्य ऋण १४ खर्ब ६१ अर्ब ५४ करोड रुपैयाँ रहेको छ, जसले जीडीपीको २३ दशमलव ९३ प्रतिशत ओगटेको छ।

यस्तै चालु आर्थिक वर्षमा सरकारले ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य तय गरेको छ। यसले आगामी दिनमा ऋणको दायरा अझ बढ्ने प्रक्षेपण गरिएको छ।

विशेषज्ञहरूले सार्वजनिक ऋण बढ्दै गए अर्थतन्त्रमा दबाब सिर्जना हुने चेतावनी दिँदै सरकारलाई आन्तरिक स्रोत सुदृढीकरणमा ध्यान दिन सुझाव दिइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्