पोखरा बहुमुखी क्याम्पसको ३९ औं वार्षिकोत्सव सम्पन्न शिक्षण ढाँचालाई उद्यमशिलता र उत्पादनसँग जोडिनेछ: डिन प्रा.डा. चालिसे
  • प्रमुख खबर

पोखरा बहुमुखी क्याम्पसको ३९ औं वार्षिकोत्सव सम्पन्न शिक्षण ढाँचालाई उद्यमशिलता र उत्पादनसँग जोडिनेछ: डिन प्रा.डा. चालिसे

मंसिर १५, पोखरा ।।
पोखरा बहुमुखी क्याम्पसको ३९ औं वार्षीक साधरणसभा तथा वार्षिकोत्सव आइतबार एक समारोहका विच सम्पन्न भएको छ ।

पोखराको सबैभन्दा पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्यापसले हरेक मंसिर १४ गते आफ्नो स्थापना दिवसका दिन वार्षिकोत्सव समारोह गर्दै आइरहेको छ ।

उक्त अवसरमा क्याम्पसमा विभिन्न संकायमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाइ पुरस्कृत, क्याम्पसलाई प्रत्यक्ष र परोक्ष रुपमा सहयोग गर्ने चन्दादाता र उत्कृष्ट प्राध्यापक तथा कर्मचारीहरुलाइ सम्मान गरिएको थियो ।

 

वार्षिकोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न यस अघिनै सप्ताहव्यापी कार्यक्रमहरु समेत संचालन गरिएको थियो ।

यसैबिच उक्त समारोहको उद्घाटन गर्दै त्रिभूवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रोफेसर डाक्टर महानन्द चालिसेले पछिल्लो पुस्ताको चाहना, माग र रुची अनूरुप त्रिभूवन विश्वविद्यालयले पाठ्य सामग्री तथा पठनपाठन ढाँचा परिवर्तन गर्ने योजनामा रहेको बताए ।

उनले पछिल्लो पुस्ताको पाठ्यक्रमलाई उत्पादन र उद्यमशिलतासँग जोड्नु पर्ने भन्दै सोहि अनुरुप  त्रिभूवन विश्वविद्यालय अघि बढिरहेको जनाए ।

उनले त्रिविमा परिक्षा संचालन, नतिजा प्रकाशन लगायतका प्रक्रियाहरु निर्धारित समयमै सम्पन्न गरिने पद्दतीहरु तिव्रताका साथ विकास भइरहेको र देशकै ठूलो शैक्षिक निकाय त्रिविप्रति सदैव आशावादी बन्न विद्यार्थीलाइ हौसला दिए।

पोखराको बहुमुखी क्याम्पसले क्यूएए प्राप्त गरेकोमा बधाइ तथा आगामी दिनमा उत्तरोत्तर प्रगतिको कामना पनि उनले गरे ।

त्यसैगरी कार्यक्रममा पोखरा बहुमुखी क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस प्रमूख शिशुकला पराजुलीले पछिल्ला दिनमा यस क्याम्पसमा शैक्षिक र अतिरिक्त क्रियाकलाप प्रति समेत विद्यार्थीहरुले उत्कृष्टता हासिल गर्दै गइरहेको बताउँदै विद्यार्थीको जोस, जाँगर र उत्साहलाई कायम राख्ने प्रतिवद्धता व्यक्त गरिन् ।

विभिन्न चुनौति तथा समस्याहरुका बाबाजुद पनि क्याम्पस निरन्तर रुपमा लागिपरेको उनले बताइन् । यही कर्यक्रमकैबिच, क्याम्पसलाई यस वर्ष सहयोग गर्ने चन्दादताहरु पोखरा -४ निवासी भूवन सिंह गूरुङ, युगेन पालिखे, कृष्ण पोखरेल र अमरसिंह मा.वि २०२७ एसएलसी ब्याचलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट प्राध्यपकका रुपमा आइत कुमारी गुरुङ र उत्कृष्ट कर्मचारीका रुपमा लक्ष्मी वास्तोलालाई सम्मान गरिएको थियो ।

 

त्यसैगरी कार्यक्रमकै बिच विभिन्न शैक्षिक संकाय तथा शैक्षिक कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार तथा छात्रवृति वितरण गरिएको थियो ।

क्याम्पसले हरेक वर्ष , विभिन्न कक्षामा उत्कृष्ट हुने छात्र र छात्रालाइ शैक्षिक प्रगति, विपन्नतन, अनुशासन, नियमितता आदिका आधारमा छात्रवृतिहरु प्रदान  गर्दै आएको छ ।

क्याम्पसमा विभिन्न समाजसेविहरुले बिभिन्न समयमा करिव दुइ दर्जन अक्षयकोष तथा छात्रवृतिकोष स्थापना गरेका छन् ।

कर्यक्रममा वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विभिन्न प्रतियोगितामा बिजयी हुने बिद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो ।

यस अन्तर्गत नेपाली र अंग्रेजी निबन्धतर्फ क्रमश एलिना क्षेत्री, दिया थापा र विमला श्रेष्ठ , त्यसैगरी सुस्मीता अचार्य, अपेक्षा गुरुङ, र संजय श्रीस प्रथम, द्धितिय र तृतीय भएका थिए  ।

त्यस्तै भाषण कलातर्फ सुप्रिया अधिकारी, कृतिका राइ, सजिता सापकोटा र मनसुन गिरी क्रमश प्रथम, द्धितिय, तृृतीय र शान्त्वना भएका थिए ।

पोखरा बहुमुखी क्याम्पस संचालन समितिका अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा जनप्रिय बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान बिजुक्छे, पोखरा बहुमुखी क्याम्पस संचालन समितिका सल्लाहकार शंकर देवकोटा, उपाध्यक्ष बद्री श्रेष्ठ, क्याम्पस प्राध्यापक संघका अध्यक्ष भिम प्रसाद न्यौपाने, सम्मानीत प्राध्यापक आइतकुमारी गुरुङ, विद्यार्थीहरु नेचर क्लबका अध्यक्ष गणेश रामदाम, सुस्मीता तामाङ, मनसुन  गिरी लगायतले आफ्ना भनाइहरु राखेका थियो ।

कार्यक्रमको संचालन पोखरा बहुमुखी क्याम्पस आन्तरिक गुणस्तर सुनिश्चित समितिका संयोजक महेन्द्र प्रसाद रिमालले गरेका थिए।

यसैबिच क्याम्पसको ३९ औं वार्षिकोत्सवकैबिच क्याम्पसको वृहत्तर हितका लागि पुर्याएको योगदानको कदर गर्दै क्याम्पसका सिनियर प्राध्यापक तथा क्याम्पस आन्तरिक गुणस्तर सुनिश्चत सर्कल (आइक्यूएसी) प्रमुख महेन्द्र प्रसाद रिमाललाई सम्मान गरिएको थियो ।

आइक्यूएसि प्रमुखका रुपमा उनको महत्वपुर्ण योगदान रहेको क्याम्पस प्रमुख शिशुकला पराजुलीले बताइन् । वार्षिकोत्सव समारोहकाबिच उनलाई क्याम्पस संचालन समितिका सल्लाहकार शंकर देवकोटा, अध्यक्ष नरेन्द्रमान लालचन, कोषाध्यक्ष शंकर गुरुङ , पूर्व क्याम्पस प्रमुख हस्त बहादुर थापा र क्याम्पस प्रमुख शिशुकला पराजुलीले सम्मान-पत्र तथा पुष्प गुच्छा मार्फत सम्मान गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्