नवयुवा प्रदर्शनका घाइतेको नामावली १५ गतेभित्र पठाउन अस्पताललाई सरकारको निर्देशन
  • प्रमुख खबर

Oplus_131072

फागुन १०, काठमाडौं ।।
भदौ २३ र २४ गते भएको नवयुवा प्रदर्शनका क्रममा घाइते भएकाहरूको सूचीकरणका लागि सरकारले यसै महिनाको १५ गतेभित्र नामावली पठाउन अस्पतालहरूलाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार(आज) एक सूचना जारी गर्दै यही १५ गतेसम्म घाइतेको सूचीकरण र वर्गीकरणका लागि अस्पतालहरूलाई नामावली पठाउन निर्देशन दिएको हो।

नवयुवा प्रदर्शनका घाइतेको सूचीकरण, वर्गीकरण तथा पुनर्वर्गीकरणसम्बन्धी कार्यमा लामो समय लागेकाले अन्तिम मौका दिएको गृह मन्त्रालयको पत्र तथा समन्वय समितिको निर्णयअनुसार स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

यस अवधिभित्र विधिवत् प्राप्त हुन आएका निवेदनहरूको छानबिन गरी घाइतेहरूको अन्तिम नामावली प्रकाशन गर्ने तयारी समेत गरिएको मन्त्रालयले जनाएको छ ।

आन्दोलनका क्रममा छुट भएका घाइतेहरूको उपचार भएकाको नामावली स्वास्थ्य मन्त्रालयको इमेल ठेगानामा १५ गतेभित्र पठाउन निर्देशन दिएको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्