समानुपातिकतर्फ एमालेले १६ सम्भावित सांसदको सूची निर्वाचन आयोगमा बुझायो
  • प्रमुख खबर


चैत १, काठमाडौं।।

नेकपा एमालेले समानुपातिकतर्फ प्राप्त हुने सिटका आधारमा १६ जना सम्भावित सांसदको नामावली निर्वाचन आयोगमा बुझाएको छ।

एमाले केन्द्रीय निर्वाचन विभाग प्रमुख नीरज आचार्यका अनुसार आइतबार आयोगमा उक्त सूची बुझाइएको हो। शनिबार बसेको पार्टी सचिवालय बैठकले विभिन्न क्लस्टरअनुसार नाम टुंग्याएर सिफारिस गरेको थियो।

जनजाति क्लस्टरबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’ र कुलभक्त शाक्यको नाम सिफारिस गरिएको छ।
महिलातर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल र एशुदा कुमारी बरालको नाम सिफारिस गरिएको छ भने पुरुषतर्फ गुरुप्रसाद बराल र पुष्पराज कँडेल रहेका छन्।

यसैगरी थारू पुरुषतर्फ कृपाराम राना, दलित महिलातर्फ विष्णुमाया विक र नीता घतानीको नाम सिफारिस गरिएको छ। मधेसी महिलातर्फ रिङ्ला यादव र यशोधा कुमारी यादव तथा मधेसी पुरुषतर्फ चन्द्रेश्वर मण्डल सिफारिस भएका छन्।

मुस्लिम क्लस्टरबाट साजिदा सिद्धिकीको नाम पनि समानुपातिक सांसदका लागि सिफारिस गरिएको एमालेले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्