पोखराको लेकसाइडमा पर्यटकलाई दुःख दिने १६ महिला पक्राउ
  • प्रमुख खबर

वैशाख ६,पोखरा।।

कास्कीको लेकसाइड क्षेत्रमा पर्यटकलाई दुःख–हैरानी दिने तथा अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले १६ जना महिलालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लेकसाइड वरपर रातिको समयमा आन्तरिक तथा बाह्य पर्यटकलाई अनावश्यक रूपमा दुःख दिने, प्रलोभन देखाउने र लुटपाटजस्ता गतिविधि बढेको गुनासो आएपछि प्रहरी सक्रिय भएको थियो ।

सोही क्रममा प्रहरीले गत राति विशेष गस्ती परिचालन गर्दै पोखरा महानगरपालिका–६ लेकसाइड क्षेत्रबाट ती महिलाहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरूलाई रातिको समयमा पर्यटकलाई हैरानी दिने तथा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्