शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतको आदेश
  • प्रमुख खबर

Oplus_131072

बैशाख १५, काठमाडौं ।।
सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरण (हबियस कर्पस) निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको इजलासले यस्तो आदेश जारी गरेको हो।

यस्तै सर्वोच्च अदालतले गोल्छालाई थुनामुक्त गर्न नपर्ने कुनै कारण भए पेश गर्न समेत आदेश दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबि)ले व्यवसायी गोल्छालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्