सार्वजनिक अभिव्यक्तिकै कारण प्रसाईंविरुद्ध दुई कसुरमा मुद्दा दर्ता
  • प्रमुख खबर

जेठ ११, वीरगञ्ज ।।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध सोमबार(आज)
पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । पर्सा प्रहरीका अनुसार उनीमाथि साइबर अपराध र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता भएको हो ।

पर्सा प्रहरीका अनुसार प्रसाईंले सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्ध अभिव्यक्ति दिएको, व्यक्तिविशेषप्रति घृणा तथा द्वेष फैलाउने र विभिन्न जातजाति तथा समुदायबीचको सामाजिक सद्भावमा असर पर्ने सामग्री सार्वजनिक गरेको आरोप लगाइएको छ ।

उनी जेठ ४ गते वीरगञ्जस्थित होटल दियालोबाट पक्राउ परेका थिए।आज अदालतमा बयान प्रक्रिया सुरु भएपनि नसकिएकाले अदालतले उनलाई मंगलबार पुनः उपस्थित गराउने गरी हिरासतमा राख्न आदेश दिएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्