जेठ १७, काठमाडौं ।।
सरकारले यसअघि विभिन्न कालखण्डमा भएका आन्दोलनका सबै प्रतिवेदनहरू एकमुष्ट रुपमा अध्ययन गर्ने भएको छ ।
आइतबार(आज)प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले सो कुरा बताएका हुन् ।
नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले जेनजी आन्दोलनको प्रतिवेदनबारे राखेको प्रश्नमा उनले भनेका छन्,‘आजसम्म नेपाल सरकारलाई बुझाइएका जति पनि प्रतिवेदनहरू छन्, ती सबै प्रतिवेदनलाई एकमुष्ट रुपमा नेपाल सरकारले अध्ययन गर्छ र गर्नुपर्ने कामकारबाही त्यही हिसाबले गर्छ ।’
यस्तै उनले मानव अधिकार आयोगको प्रतिवेदन मात्रै नभएर विभिन्न कालखण्डमा भएका आन्दोलन,र्याली लगायतका धेरै प्रतिवेदनहरू भएकाले त्यसलाई पनि राम्रोसँग अध्ययन गर्ने बताएका हुन्।








