जेठ १७, काठमाडौं ।।
काठमाडौं उपत्यकाका सुकुमवासीको समस्या समाधान हुने प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले प्रतिबद्धता जनाएका छन् ।
आइतबार(आज) प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले उक्त प्रतिबद्धता जनाएका हुन् ।
उनले आफू स्थानीय सरकारमा हुँदा नै संघ सरकारलाई आफूले सुकुम्बासीहरुलाई त्यहाँबाट स्थानान्तरण गरेर होल्डिङ सेन्टरमा राखेर जो असली सुकुमवासी छन् जसको देशैभरी कतैपनि जग्गा छैन, तिनीहरूलाई जग्गाको व्यवस्थापन सरकारले गर्नुपर्ने जनाएको बताएको स्पष्ट पारे ।
अहिलेको सरकारले पनि सो समस्या समाधानका लागि काम गरिरहेको उल्लेख गरे । यस्तै उनले ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोज्न पनि आग्रह गरे ।
विषेशगरी जुन ठाउँमा सुकुम्वासीहरु बसिरहेका थिए त्यस ठाउँबाट जोखिम बढी भएकोले उनीहरूको व्यवस्थापनको लागि सरकारले जोगाउने काम गरेको बताए । यसका लागि सरकारले भूमिसम्बन्धी समिति पनि बनेको स्पष्ट पारे । तर ३५ वर्षमा हुन् नसकेको काम तत्कालै हतार गरेर नहुने बताए ।
काठमाडौं उपत्यकाका सुकुमवासीलाई विगतका धेरै वर्षमा घर डुबानमा पर्ने र स्वास्थ्य संकट निम्तिएकाले तत्काल काम गरिएको प्रधानमन्त्री शाहले बताए प्रष्ट पारे ।








