११ बुँदे सहमतिसँगै धवलशमशेर र प्रसाईको नयाँ राजनीतिक यात्रा सुरु
  • प्रमुख खबर

जेठ २२, काठमाडौं ।।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका डा. धवलशमशेर राणा र नागरिक बचाउ महाअभियानका दुर्गा प्रसाईबिच नयाँ दल गठन गर्ने सहमति भएको छ ।

उनीहरूबीच शुक्रबार(आज) नयाँ दल गठन गर्ने विषयमा सहमति भएको हो । किराँत, बौद्ध र वैदिक सनातन हिन्दु अधिराज्य राष्ट्रवादी शक्ति निर्माण गर्ने प्रतिज्ञासहित दुई पक्षले ११ बुँदे सहमतिमा आज हस्ताक्षर गरेका हुन् ।

सो सहमतिमा संवैधानिक राजसंस्था पुनर्स्थापना लागि सशक्त, लोकतान्त्रिक तथा राष्ट्रवादी राजनीतिक शक्तिको आवश्यकताले नयाँ दल गठन गर्नुपरेको उल्लेख गरिएको छ ।

यस्तै पृथ्वीनारायण शाहका दिव्य उपदेशमा आधारित राष्ट्रवादी दर्शन अंगाल्ने नीति लिइएको छ । यससँगै विचार र सिद्धान्त मिल्ने अन्य राजनीतिक दल, अभियान, संगठन र व्यक्तिहरूलाई साथ लिएर नयाँ राजनीतिक पार्टी घोषणा गर्ने सहमति पनि भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्