जेठ २९,काठमाडौं।।
हाल नेपालमा उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभावका कारण देशभर मौसममा बदली देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बदली रहेको छ। लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी र मधेस प्रदेशसहित हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, आज राति पनि कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा बदली रहनेछ भने मधेस प्रदेशसहित तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानहरूमा तथा मधेस प्रदेश र ती प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसमविद्हरूले चट्याङ्ग तथा वर्षाका कारण हुन सक्ने जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।









