आज तोलामा ५ हजार ३ सय रुपैयाँ बढ्यो सुनको मूल्य
  • प्रमुख खबर

जेठ २९, काठमाडौं ।।
शुक्रबार(आज) नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार(आज) सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ३०० रुपैयाँले बढेको छ।

बिहीबार प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर २ लाख ९२ हजार रुपैयाँ पुगेको हो । सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ।

बिहीबार प्रतितोला ४ हजार ६५० रुपैयाँ रहेको चाँदी आज १ सय ९० रुपैयाँले बढेर ४ हजार ८४० रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्य प्रभावित भएको हो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्