अषाढ १९, काठमाडौं ।।
काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक डा. भोला थापा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका छन् ।
इन्जिनियरिङ शिक्षा, जलविद्युत् प्रविधि, ऊर्जा अनुसन्धानमा सक्रिय रहेका थापालाई त्रीविका प्रधानमन्त्रीसमेत रहेका कुलपति बालेन शाहले शुक्रबार(आज)उपकुलपतिमा नियुक्त गरेका हुन् ।
थापाले प्राध्यापक, सहायक डिन, कार्यकारी डिन र रजिस्ट्रार भई २०७७ माघमा केयूको उपकुलपति समेत नियुक्त भएर काम गरी सकेका छन्।









