५० टन आपत्कालीन राहतसहित चीन सरकारले उपलब्ध गरायो चार चिनियाँ सुरुङ उद्धार विशेषज्ञ समेत
  • प्रमुख खबर

Oplus_131072

भदौ १४, काठमाडौं ।।
नेपाललाई चीन सरकारले ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ। आइतबार(आज) बिहान करिब ७ बजे चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई-२० ठूला ट्रान्सपोर्ट विमानहरू उक्त राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

उक्त विमानमा आपत्कालीन राहत सामग्रीका साथै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पनि आवश्यक उद्धार उपकरणसहित नेपाल आइपुगेको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ ।

उक्त राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र प्रतिनिधिसभा सदस्य धर्म केसीको उपस्थितिमा हस्तान्तरण समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्