भदौ २८ गते, काठमाडौं ।।
१८ किलोमिटर प्रसारण लाइन एमसीए–नेपाललेन्यास गरेको ९ महिनामा निर्माण सम्पन्न गरेको छ । उक्त प्रसारण
लाइन एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण सम्पन्न भएको पहिलो प्रमुख पूर्वाधार परियोजना बनेको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका वडा नम्बर १३ मा निर्माणाधीन न्यू बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्मको उक्त प्रसारण लाइन खण्डको निर्माण आइतबार(आज) सम्पन्न भएको हो ।
२०८२ साल मंसिर १९ गते तत्कालीन अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि तत्कालीन अमेरिकी राजदूत डिन आर थम्प्सनले यो प्रसारण लाइनको शिलान्यास गरेका थिए।
१ करोड २३ लाख ८० हजार अमेरिकी डलरमा २१ महिनाभित्र यो आयोजना निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि वैदेशिक सहायताबारे समीक्षा थाल्दै केही समयलाई सम्पूर्ण सहयता स्थगित गरेको थियो । जसकारण आयोजनाको कार्यान्वयन पनि रोकिएको थियो ।
एमसीए–नेपालले भारतीय कम्पनीले ट्रान्सरेल लाइटिङ लिमिटेडसँग ८ भदौ २०८१ मा उक्त प्रसारण लाइन निर्माणको ठेक्का सम्झौता गरेको थियो । बुटवल–गोरखपुर प्रसारण लाइनको नेपालतर्फको १८ किलोमिटर प्रसारण लाइन निर्माण एमसीए–नेपालले गरेको हो ।
मकयो लाइन निर्माणसँगै दोस्रो सीमापार प्रसारण लाइनको नेपालतर्फको खण्ड तयार भएको छ ।एमसीसीको अनुदानमा कुल ३ सय १५ किलोमिटर ४०० केभी प्रसारण लाइन निर्माण हुँदैछ । ती आयोजनाको थप तीन प्याकेजमा निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । त्यसका साथै ४०० केभीकै विद्युत सबस्टेसन तथा सडक सुधार आयोजना पनि कार्यान्वयन हुँदैछ ।







