नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने गाडीले शुल्क तिर्नुपर्ने
  • प्रमुख खबर

Oplus_131072

कार्तिक १२, काठमाडौं ।।
कार्तिक १५ गते आइतबारदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने गाडीले शुल्क तिर्नुपर्ने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सडक उपभोग दस्तुर बापत शुल्क तिर्नुपर्ने जनाएको हो ।

सडर्क बोर्ड नेपालको निर्णयअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस र अरु हलुका गाडी काठमाण्डौ प्रवेश गर्दा ६५ र काठमाण्डौबाट बाहिरिँदा ६० रुपैयाँ शुल्क लाग्नेछ ।

यस्तै उक्त निर्णयले मिनी बस, मिनी टिपर र मिनी ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ र काठमाडौंबाट बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तै काठमाडौं प्रवेश गर्ने बस र ट्रकले २६० तथा बाहिरिँदा २०० रुपैयाँ शुल्क लाग्नेछ । ठूला ट्रक तथा भारी उपकरण उक्त मार्ग हुँदै काठमाडौं प्रवेश गर्दा ६०० र बाहिरिँदा २५० रुपैयाँ शुल्क लाग्ने समेत आयोजनाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्