मंसिर ०८, पोखरा ।।
पोखरा लेडी जेसिज वर्ष २०२७ का लागि अध्यक्षमा नन्द कुमारी सुवेदी ढुंगाना सर्वसम्मत निर्वाचित भएकि छन् ।
पोखरा लेडी जेसिजको ३३ औँ शाखा अधिवेशन तथा ३८ औँ वार्षिक साधारण सभाबाट सुवेदी अध्यक्षमा निर्वाचित भएकि हुन् । अधिवेशनले उनको नेतृत्वमा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिको कानुनी सल्लाहकारमा सृजना आले, कार्यकारी उपाध्यक्षमा शुभद्रा बराल, सचिवमा विनिता केसी, कोषाध्यक्षमा रचना अधिकारी र सहसचिवमा रेजिना कटुवाल चयन भएका छन् ।
त्यस्तै, उपाध्यक्षमा अञ्जना सुवेदी, एलिशा भुजेल, बविता केसी र अस्मिता पौडेल निर्वाचित भएका हुन् । निर्देशकमा सन्दिपा लम्साल, एलिशा गुरुङ, समान पराजुली र पूजा भण्डारी चयन भएका छन् भने शाखा सम्पादकमा रिता पाण्डे तथा प्रकरण निर्देशकमा सरिता भुजेल चयन भईन ।
नवनिर्वाचित अध्यक्ष सुवेदीले संस्थालाई अझ गतिशील बनाउँदै महिला नेतृत्व विकास तथा सामाजिक कार्यमा सक्रिय भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।








