मदरल्यान्डमा शैक्षिक सामग्री निर्माण तथा प्रदर्शनी
  • प्रमुख खबर

मङ्सिर १४, पोखरा।।
विद्यार्थीहरूमा रहेको क्षमताको पहिचान र सामग्री निर्माणसम्बन्धी व्यावहारिक सिपको विकास गर्ने उद्देश्यले मदरल्याण्ड माध्यमिक विद्यालय पोखराद्वारा आयोजना गरिएको वृहत् शैक्षिक सामग्री निर्माण तथा प्रदर्शनी कार्यक्रम विद्यालय प्राङ्गणमा बुधबार सम्पन्न भएको छ।

कक्षा एकदेखि नौसम्मका विद्यार्थीहरूले सहभागिता जनाएको उक्त कार्यक्रम आइतबारदेखि बुधबारसम्म गरी चार दिनसम्म चलेको थियो। कक्षा एकदेखि कक्षा तीनसम्मका समग्रीहरू आइतबार र सोमबार प्रदर्शन गरिएका थिए भने कक्षा चारदेखि कक्षा नौसम्मका सामग्री मङ्गलबार र बुधबार प्रदर्शन गरिएका थिए ।

विषयगत रूपमा नेपाली, अङ्ग्रेजी, विज्ञान, गणित र सामाजिक विषयको व्यावहारिक अध्ययन÷अध्यापनका लागि विशेष उपयोगी हुने गरी विद्यार्थीहरूको आÇनै सक्रियतामा निर्माण गरिएका सामग्रीहरू कुनै विशेषज्ञले निर्माण गरेभन्दा कम नभएको कुरा विद्यालयका सहकार्यकलाप प्रमुख सुनिल सुवालले जानकारी दिएका छन् । अधिकांश सामग्रीहरू घर तथा वरपर निस्किएका खेर जाने वस्तुहरूको पुनप्र्रयोग गरेर विभिन्न प्रविधिमा निर्मांण गरी प्रदर्शन गरिएको यस कार्यक्रममा मानव जीवनका विविध क्षेत्रमा प्रयोग हुने सामग्रीहरूका नमुना पनि देखाइएको थियो । यसका साथै विद्यार्थीहरूलाई व्यावहारिक सिपसँग जोड्नका लागि दैनिक उपभोग्य सामग्रीको नमुना विक्री पनि गरिएको थियो ।

कक्षागत रूपमा छनोट हुँदै अन्तिम प्रतिस्पर्धाका लागि छानिएका सामग्रीहरू प्रदर्शनमा राखेर तीमध्ये पनि उत्कृष्ट सामग्री र निर्माकर्तालाई मूल्याङ्कन गरी पुरस्कृत समेत गरिने उक्त कार्यक्रमबाट मदरल्याण्डका सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरूले लाभ लिएका थिए । यसै अवसरमा कक्षा पाँचमा अध्ययनरत विद्यार्थीहरूद्वारा निर्माण गरिएको रकेटसमेत लन्च गरिएको थियो।

विद्यालयले पाठ्यपुस्तकमा अध्ययन गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उपयोग गर्न हरेक वर्ष यस्तो कार्यक्रम गर्दै आएको कुरा विद्यालयका सञ्चार प्रमुख होमनाथ भट्टराईले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्