बैशाख १० मा हुने उप–निर्वाचनमा रास्वपाले तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने
  • प्रमुख खबर

काठ्माण्डौं ।

आउँदो बैशाख १० गते हुने उप–निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टील (रास्वपा) ले तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ । शुक्रबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले सो कुराको निर्णय गरेको हो ।

उक्त बैठकले तनहँु १, चितवन २ र बारा २ मा उम्मेवारी दिने निर्णय गरेको हो । तनहँु १ मा सह–महामन्त्री कविन्द्र बुर्लाकोटी, चितवन २ मा उप–सभापति डोलप्रसाद अर्याल र बारा २ मा केन्द्रीय सदस्य गणेश कार्की संयोजक तोकेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्