साहित्य स्थल पोखराको बाटुलेचौरमा धेरै साहित्य सृजना हुने गर्छन् । यसै क्रममा शुक्ला साहित्य प्रतिष्ठानको आयोजनामा पोखरा महानगरपालिका -१६ कुरेचौरका स्रष्टा बुद्धिसागर आचार्यको कृति ‘ पसिनाको धन ’ को लोकार्पण कार्यक्रम सम्पन्न भएको छ।
कुल दिप नारी भलाई तथा बिकास समुदायका कार्यवाहक अध्यक्ष शान्ता आचार्य को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी गन्डकी प्रदेश प्रज्ञाप्रतिष्ठानका कुलपती सूर्य खड्का ” बिखर्ची” रहनु भएको थियो । उहाँले साहित्यको लोप उन्मुख हुन लागेको यो अबस्थामा शुक्ला साहित्य प्रतिष्ठानले लेखक बुद्धि सागर आचार्यको जन्म स्थलमा नै गएर साहित्यको उजागर गर्नमा महत्त्वपूर्ण भुमीका खेलेकोमा खुसी ब्यक्त गर्नु भएको थियो । स्रष्टा परिचय लामाचौर हेल्पोसटका इन्चार्ज श्याम सुन्दर आचार्यले राखनु भएको थियो । ‘पसिनाको धन’ किर्तिको समीक्षा शुक्ला साहित्य प्रतिष्ठानका मानार्थ सदस्य राम बहादुर बानियाँले गर्नुभएको थियो । उहाँले पसिनाको धन कथा संग्रह उच्चस्तरीय शीर्षक रहेको र वास्तविक जिबनलाई कथामा जस्ताको तस्तै मेल खाने गरी उतारीएकोमा ‘ पसिनाको धन ’ का रचनाहरु प्रस्सनिए रहेको बताउनु भयो । त्यस्तै शुभकामना मन्तब्य कुल दिप नारी भलाई तथा बिकास समुदायका सदस्य नारायणी आचार्य र रामचन्द्र पौडेलले राख्नु भएको थियो । शुक्ला साहित्य प्रतिष्ठानका बरिस्ठ उपाध्यक्ष हरि बरूवालले साहित्य सृजना गर्ने व्यक्ती सधै अमर रहने र अबको पुस्ताले पनि साहित्य सृजनामा जोड दिनु पर्ने बताउनु भयो । कार्यक्रममा विभिन्न संस्थाका ब्यक्तीहरूको उपस्थित रहेको थियो भने कार्यक्रममा बिभिन् ब्यक्तिहरूले आफ्ना रचना बाचन गर्नु भएको थियो । कार्यक्रम संचालन कुल दिप नारी भलाई तथा बिकास समुदायका सदस्य शिरीराम आचार्यले गर्नु भएको थियो ।