पोखरा ।
नेकपा एमालेका उप–महासचिव तथा पूर्वपरराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले अमेरिकी सेनाको स्टेट पार्टनरसीव प्रोग्राममा सहभागी हुन नेपाली सेनाले गरेको पत्राचार राजनीतिक नेतृत्वलाई कुनै जानकारी नभएको बताएका छन् । उनले प्रधानमन्त्री र अन्य राजनीतिक नेतृत्वहरुलाई जानकारी नदिई नेपाली सेनाले अमेरिकालाई पत्राचार गरेको बताएका हुन् ।
सन् २०१५ मा सेनाले एसपीपीमा सहभागी गराउन अमेरिकालाई पत्राचार गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका थिए । काठ्माण्डौंमा आज आयोजित एक अन्र्तक्रिया कार्यक्रममा ज्ञवालीले २०७२ सालमा नयाँ संविधान बनेर सरकार परिवर्तन हुने बित्तिकैको संक्रमणको अवस्थामा सेनाले राजनीतिक नेतृत्वलाई जानकारी नदिई पत्राचार गरेको जानकारी दिएका हुन् ।
सो अन्र्तक्रिया कार्यक्रममा एसपीपीबारे बाल्दै ज्ञावलीले एसपीपीमा सहभागी हुने विषयमा रक्षा मन्त्रालयसंग राय मागेको र रक्षा मन्त्रालयले पनि केही कुरा नबुझीकन अनुमति दिएको देखिएको बताएका छन् । उनका अनुसार यस बारे के गर्ने भनेर सेनाले आवश्यक निर्देशन पाँउ भनि रक्षासंग अनुमति मागेको देखिएको बताएका छन् ।
त्यतिबेला एसपीपी भनेको एउटा एक्सचेन्ज मात्र भन्ने भएको, एक प्रकारले अमेरिका घुम्न जाने जस्तो उनले बताएका छन् । त्यस समय रक्षा मन्त्रालयको प्रतिनिधि पनि राखेर अगाडी बढाउनु भनेर रक्षाले अमेरिकालाई पत्र पठाएको देखिएको बताएका हुन् । त्यस्ता महत्वपूर्ण विषयमा त्योबेला परराष्ट्र मन्त्रालयको राय लिने वा कानुन मन्त्रालयको राय लिने कार्य भने नदेखिएको पनि उनले जानकारी दिएका छन् ।
सन् २०१९ मा इन्डो प्यासेफिकको रिपोर्टमा नेपाल र श्रीलंकालाई एसपीपीको नयाँ सदस्यको रुपमा राखेको देखिएपछि मात्र तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले यसबारेमा थाहा पाएको एमाले उप–महासचिव ज्ञावलीले दावी गरेका छन् । त्यस लगतै सरकारले कार्यदल बनाएर यस विषयमा अध्ययन गर्न लगाएको र यसलाई होल्ड गरेको पनि उनले बताएका छन् ।