नारायणगढ–मुग्लिन सडक खण्ड फेरी अवरुद्ध
  • प्रमुख खबर

नारायणगढ–मुग्लिन सडक खण्ड फेरी अवरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका(२९ मा पर्ने केराबारीमा फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोमबार राति पहिरो गएसँगै अवरुद्ध सडक लामो समयको प्रयासपछि मंगलबार राति १० बजेपछि सञ्चालनमा आएको थियो।

संचालनमा आएको केही समयमा नै फेरी  पहिरो खस्दा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराती २ बजे सो स्थानमा पहिरो खसेको थियो । पहिरो पन्छाउने काम अहिले भई राखेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्