खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार आजबाट सिंहदरबारभित्र ग्यास सिलिण्डर प्रतिबन्ध
  • प्रमुख खबर

पोखरा ।
सिंहदरबारभित्र आजबाट ग्यास सिलिण्डर लैजान प्रतिबन्ध लगाइएको छ । अर्थमन्त्रालयले चालू आर्थिक वर्ष २०७८÷०७९ को बजेटमार्फत सिंहदरबारको ग्यास चुलो हटाए विद्युतिय चुलोलाई प्रयोगमा ल्याउने घोषणा गरेको थियो ।

सो घोषणा अनुरुप र खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार आजबाट सिंहदरबारभित्र ग्यास सिलिण्डरलाई प्रतिबन्ध लगाइएको अर्थभन्त्रालयका प्रवक्ता ढुण्डी प्रसाद निरौलाले जानकारी दिएका छन् ।

बिजुलीको खपत गराउने र खाना पकाउने ग्यासको विस्थापन गर्ने अभियानको सुरुवात सिंहदरबारबाटै भएको छ । सरकारले पनि उपभोक्तालाई विद्युतिय चुल्होको प्रयोग गर्न आग्रह गरिरहेको छ र यसका लागि बिजुलीको महशुलमा समेत केही छुट दिएको छ ।

विशेषगरी अन्तरााष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भएको कारणले राष्ट्रको ठूलो ढुकुटी पेट्रोलियम पदार्थ आयातमा नै खर्च हुनेभएकोले पनि सरकारले बिजुलीको मुल्यमा केही सहुलियत दिएर जनतालाई बिजुलीको प्रयोग गर्न आग्रह गरेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्