रामप्रसाद पाैडेल
११ भाद्र २०७९,
पाेखरा-१२ माटेपानीमा रहेकाे पश्चिमांचलकै एकमात्र मानसिक अस्पताल बी जी अस्पतालले नजिकिदै अाएकाे नारीहरुकाे महान पर्व तीजकाे अवसर पारेर तीज विशेष दर खाने कार्यक्रम संगै स्वास्थ्य तथा सामाजिक सेवामा समर्पित व्यक्तित्वलाई सम्मान ग-याे ।
हिजाे भाद्र १० गते साँझ एस.अार.के.सी बनक्विट माटेपानीमा अस्पतालकी प्रवन्ध निर्देशक डा पुजन शर्माकाे अध्यक्षता एवं इन्चार्ज अनिता खड्काकाे व्यवस्थापनमा अायाेजित बी जी तिज विशेष तथा व्यक्तित्व सम्मान कार्यक्रममा मुख्य अतिथि गंगादेवी लामिछाने , विशेष अतिथि द्वाेय श्रीमती बिना सिलवाल तथा डा पदमनाथ शर्माले पुष्प गमलामा जद सिंचित गरि कार्यक्रमकाे उद्घाटन गर्नुभयाे ।
कार्यक्रममा वरिष्ठ मनाेचिकित्सक प्रा डा निर्मल लामिछानेले हरितालिका तीजकाे शुभकामना दिदै अागन्तुकहरुकाे स्वागत गर्नु भयाे । त्यस्तै प्रा डा लामिछानेले “मुवाका भाकाहरु” नामक मुख्य अतिथि गंगादेवीकाे सक्षिप्त जीवनीमा केन्द्रीत गिती रचना पाठ गर्नु भएकाे थियाे ।
कार्यक्रममा डा अनुराग तिवारीले नारी समानताकाे पक्षमा एकल गीत प्रस्तुत गर्नु भयाे भने राम प्रसाद पाैडेलले बीजी अस्पताल परिचय नामक तीज गीत प्रस्तुत गर्नु भएकाे थियाे।
कार्यक्रममा मुख्य अतिथि गंगादेवी लामिछाने तथा कार्यक्रमक अध्यक्ष, अस्पतालकी प्रवन्ध निर्देशक डा पुजन शर्माले मेडिकल सुपरिन्टेन्डेन् प्रा डा टु माया घले श्रेष्ठ , काेपिला नेपालकी कार्यकारी निर्देशक बिना सिलवाल तथा ॐ शान्ति पाेखराकी अाभा दिदीलाई प्रशस्ति पत्र सहित दाेसल्ला अाेढाएर सम्मान गर्नुभएकाे थियाे ।
बी जी अस्पतालकै स्टाप नर्स नेहा बाेगटीकाे संचालन रहेकाे साे कार्यक्रममा अस्पतालकै नर्सहरु रविना,मंजू र सजनाले सांस्कृतिक नृत्य प्रस्तु गरेका थिए भने वरिष्ट राष्ट्रिय लाेक गायक नारायण परिवारकाे टिमले प्रतक्ष वाध्यवादनमा भिविन्न भाकाका सांगितिक प्रस्तुति प्रस्तुत गरी मनाेरंजन दिएका थिए ।
कार्यक्रमकाे अन्तिम चरणमा, अस्पताल परिवार तथा अामंत्रितहरुलाई दर खुवाउने कार्यक्रम रहेकाे थियाे ।