बी जी अस्पताल पाेखरा द्वारा” देशै स्वस्थ्य बन्छ” जनचेतना मुलक म्युजिक भिडियो सार्वजनिक
  • प्रमुख खबर

असाेज ३०-पाेखरा
राम प्रसाद पाैडेल

विश्व मानसिक स्वास्थ्य दिवसकाे अवसरमा  बिजी  अस्पताल पाेखराले मनाेराेग विशेष जनचेतना मुलक ” देशै स्वस्थ्य बन्छ” म्यूजिक भिडियो सार्वजनिक गरेकाे छ । भिडियो असाेज २९ गते शनिबार  पाेखरा थिएटर गैह्रापाटनमा  औपचारिक कार्यक्रम संगै सार्वजनिक गरिएकाे हाे । विडियाेका निर्देशक कलाकार संजीव लामिछानेले प्रिमियर बटम अन गरी साे भिडियो सार्वजनिक गर्नुभएकाे हाे।

बीजी प्राेडक्शनमा NRS फिल्मकाे प्रस्तुति रहेकाे साे म्यूजिक भिडियो पाेस्ट प्राेडक्शन वंशिका स्टुडियाे लेखनाथ रहेकाे छ । जनस्वास्थ्य संदेशमा अाधारित उक्त म्यूजिक भिडियोमा संगित संजिव लामिछानेले र स्वर वरिष्ठ मनाेचिकित्सक प्रा डा निर्मल लामिछानेकाे अाफ्नै स्वर रहेकाे छ भने शब्द  राम प्रसाद पाैडेलकाे रहेकाे छ। स्टुडियाे डिजिटल स्टारकाे रेकर्डिङ् रहेकाे गीतमा तारानाथ आचार्यकाे रेकर्डिङ रहेकाे छ ।

लगभग चार मिनेट लामाे साे म्युजिक भिडियोमा मनाेराेगले विक्षिप्त बनेकाे बिरामीलाई उद्धार गरि अस्पताल पुर्याएर प्रकृयागत रुपमा उपचार गराईन्छ र पूर्ण रुपमा स्वस्थ्य भै साधारण जिवनमा फर्किएकाे दर्शाईएकाे छ।  विडियाेमा हरिषचन्द्र नाट्यमंचका अध्यक्ष ऋषभ देव वास्ताेला, पाेखरा थिएटरका कलाकार द्वाेय जनक पराजुली तथा बिष्णुराज तिमिल्सिना र सहायक कलाकारमा सारदा लामिछाने तथा भाेजराज  सुवेदीकाे अभिनय रहेकाे छ।

प्रस्तुत म्यूजिक भिडियो मनाेराेग उपचार र राेकथाम जनचेतनाकाे लागि संदेश मुलक  रहेकाे देखिन्छ ।  भिडियो, “देशै स्पस्थ्य बन्छ” शीर्षकमा युट्यूब चैनलमा देख्न  सकिन्छ  । म्युजिक भिडियो सर्वजनिक कार्यक्रममा , गण्ढकी मेडिकल कलेज मनाेराेग विभागले विभागी प्रमुख प्रा डा निर्मल लामिछानेकाे पहल र नाट्यकर्मी परिवर्तन कार्कीकाे निर्देशनमा, राजकुमार पुडासैनि लिखित वृस्मृति राेग विशेय ” विमारी मन” नामक नाटक मंचन गरी उपस्थित जन समुदायलाई मनाेरंजन दिएकाे थियाे ।

तपाईको प्रतिक्रिया दिनुहोस्