सिएसइटि विद्यार्थी संगठनको बार्षिक अधिबेशन तथा आइटी सम्बन्धि छलफल कार्यक्रम सम्पन्न
  • प्रमुख खबर

सिएसइटि विद्यार्थी संगठनको बार्षिक अधिबेशन तथा आइटी सम्बन्धि छलफल कार्यक्रम २०७९ सम्पन्न भएको छ । सिएसइटि विद्यार्थी संगठनले बुधबार पृथ्वीनारायण क्याम्पसमा उक्त कार्यक्रमको आयोजना गरेको हो । अधिबेशनले उज्ज्वल पौडेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ।

उपाध्यक्षमा कपिल कार्की र श्री कविता सुवेदी, सचिवमा अन्जन पराजुली, सह-सचिवमा असीम त्रिपाठी, कोषाध्यक्ष चिरञ्जीवी रिमाल,सह-कोषाध्यक्षमा रश्मी के सी र सदस्यहरुमा क्रमश : नवीन लम्साल, सृष्टि बस्नेत, एन्जेला बस्नेत, सुदिप पौडेल प्रकृति तिमिल्सिना, विशाल पौडेल, अनिश रेग्मी र सम्झना चौधरी निर्वाचित भएका हुन ।
प्रमुख अतिथि पृथ्वी नारायण क्याम्पसका डिप्युडी क्याम्पस चिफ तथा बिएससी सिएसइटि संयोजक , सहप्राध्यापक मीन राज लम्सालले क्याम्पसमा CSIT कार्यक्रम अन्तर्गत भइरहेका र भावी योजनाका बारेमा बताए । ACS संस्था लाई यस्ता कार्यक्रमहरुले सही बाटोमा अघि बड्न प्रेरित गर्ने पनि लम्सालले बताए ।

त्यस्तै गण्डकी प्रदेश एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका बैज्ञानिक सन्तोष कोइरालाले CSIT का विद्यार्थी हरुका लागि GPAST भित्र ठूलो सम्भावना रहेको कुरा राख्दै सहकार्यको बाटो खुलेको जनाए ।

XDezo का सिइओ दिनेश थापा तथा यार्सा ल्याबका सह प्रबन्धक सुशील अधिकारीले सूचना प्रविधिको क्षेत्रमा ठूलो सम्भावना रहेको र विद्यार्थीलाई हर तवरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । नव निर्वाचित कार्यसमितिका अध्यक्ष उज्ज्वल पौडेलले पुरानो विरासतको मर्यादा कायम राख्दै संस्था लाई आर्थिक रूपले सुदृढ र सबल बनाउन लागि पर्ने प्रतिबद्धता गरेका छन । सबै समिती सदस्य तथा विद्यार्थीहरुबाट साथ र सहयोगको अपेक्षा गरेको बताए ।

कार्यक्रम संस्थाका अध्यक्ष केशव बानियाँको सभाअध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथिका रूपमा पृथ्वी नारायण क्याम्पसका सहप्राध्यापक तथा CSIT vice-coordinator चुडा मणि सुवेदी, कम्प्युटर एसोसिएसन अफ नेपालका नवनियुक्त अध्यक्ष अनिश गुरुङ , पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्