काठ्माण्डौं ।
२० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको तेस्रो तथा अन्तिम खेल नेपालले आज चाईनिज ताइपेइसँग खेल्दैछ । खेल नेपाली समयअनुसार आज दिउँसो पौने ३ बजे म्यान्मारको यानगोनमा हुँदैछ ।
यसअघिका खेलमा म्यानमार र चीनसँग नेपाल समान ५–० गोलले पराजित भएको थियो । छनोटको समूह ‘बी’ मा रहेको नेपाल अंकविहीन हुँदै अन्तिममा छ । यता, चाईनिज ताइपेइ भने एक अंकका साथ तेस्रो स्थानमा छ ।
नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको थियो । छनोटमा उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने २० वर्षमुनिको महिला एसियन कप खेल्नेछ ।