पोखरा ।।
पर्यटकीय नगरी पोखरामा आजदेखि नेपाल चाइना मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिबल शुरु भएको छ । यस फेस्टिबलको दुई सय मिटर बोट रेस प्रतिस्पर्धामा चीनको सिचुवान ड्रागन बोट टिम९पहेंलो० ले अग्रता बनाएको छ ।
दुई चरणमा भएको दुई सय मिटरको प्रतिस्पर्धामा सिचुवान ड्रागन बोट टिमले एक मिनेट ४८।८१ सेकेण्डको समयमा पुरा गर्दै शीर्ष स्थानमा रहेर पहिलो दिन आफ्नो अग्रता बनाएको हो । सिचुवानले पहिलो चरण ५३।६८ सेकेण्ड र दोस्रो चरणमा ५५।१३ सेकेण्डमा २ सय मिटर पार गरेको थियो ।
यस्तै यस रेसकोे सोही दुई सय मिटरको प्रतिस्पर्धामा नेपाली नारा ड्रागन बोट टिम ९ रातो० दोस्रो स्थानमा आउन सफल भएको छ । नेपाली टिमले १ मिनेट ५३।१४ सेकेण्डको समयमा पुरा गरेको थियो । पहिलो चरण ५७।१८ सेकेण्डको समय लगाउँदा दोस्रो चरण ५५।९६ सेकेण्डमा पुरा गरेको थियो ।
यस सँगै आज ड्रागन बोट रेस अन्र्तगत दुई समय मिटरको प्रतिस्पर्धा सम्पन्न भएको छ भने भोलि शनिबार पाँच सय मिटरको प्रतिस्पर्धा हुने भएको छ । भोलि शनिबारसम्म सञ्चालन हुने यस प्रतियोगिता चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा पोखरामा भईरहेको छ । दक्षिण एसियामै पहिलोपटक आयोजना गरिएको यस प्रतियोगितामा चिनियाँ चार र नेपाली चार गरी जम्मा आठ टोलीको सहभागिता रहेको छ ।
चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेपछि आयोजना गरिएको यो फेस्टिभलले पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास छ ।