मनसुनी वायुको प्रभावसँगै गण्डकीसहित अन्य प्रदेशमा समेत हल्कादेखि मध्यम वर्षा
  • प्रमुख खबर

पोखरा ।।

मनसुनी वायुको प्रभावसँगै गण्डकीसहित अन्य प्रदेशमा समेत हल्कादेखि मध्यम वर्षा भईरहेकाे छ । वर्षाका कारण

काठमाण्डाै – देशका धेरै ठाउँमा गएरातिदेखि पानी परिरहेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

यसले गर्दा यी क्षेत्र भएर बग्ने खहरे खोलामा आकस्मिक बाढीको जोखिम उच्च छ । साथै होचा ठाउँमा डुबान हुन सक्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार स्याङ्जा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलवस्तु, दाङ र आसपास ठूलो पानी परेको हो ।

तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने जोखिम हुँदा दिउँसोसम्म नै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्