एसईईको नतिजा प्रकाशित यसरी हेर्न सकिन्छ नतिजा
  • प्रमुख खबर

पाेखरा ।।

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएको छ । बोर्डले आज बिहीवार पत्रकार सम्मेलन गरेर एसईईकाे नजिता सार्वजनिक गरेको हो । एसईईको नतिजा ‘लेटर ग्रेडिङ’ पद्धति २०७२ अनुसार  प्रकाशित भएको हाे ।

यस वर्षकाे नतिजामा गत वर्ष भन्दा सुधार भएको छ ।  बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईईको नतिजा गत वर्ष भन्दा सुधार भएको जानकारी दिएका छन् । उनका अनुसार ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या गत वर्ष ९ हजार ६३३ जना रहेकामा यसवर्ष २२ हजार ४७५ जना रहेका छन् ।

त्यस्तै ३.२ देखि ३.६० जीपीए ल्याउने परीक्षार्थीको संख्या गत वर्ष कुल परीक्षार्थीको ८.४ प्रतिशत रहेकामा यस वर्ष बढेर ११.३६ प्रतिशत पुगेको छ ।
गएको चैत १७ गतेदेखि भएको परीक्षामा चार लाख ८५ हजार तीन सय ९६ जना विद्यार्थी सहभागी थिए ।परीक्षामा सहभागी परीक्षार्थीमध्ये चार सय ३१ जनाको परीक्षा रद्द भएको समेत बोर्डले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्