आज धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने
  • प्रमुख खबर

पोखरा ।।
आज, भोलि र पर्सि मौसमा बदली भई तीन दिनसम्म देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने केही ठाउँमा ठूलो वर्षाको अनुमान छ ।

बर्षाको कारण बाढी पहिरोको जोखीम बढ्ने भएकाले सतर्क रहन मौसमविद्को सुझाव छ ।कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ भने अन्य ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने छ । यस्तै, तराईका जिल्लामा वर्षासँगै हावाहुरी चल्ने अनुमान गरिएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्