सुरेन्द्र बरालको अध्यक्षतामा पाेखरा महानगरपालिका जुडाे खेल संघ गठन
  • प्रमुख खबर

smart

पाेखरा ।।

पोखरामा जुडो खेल संघ गठन भएको छ । पोखरा महानगरपालिका खेलकुद बिकास समितिले पोखरा महानगरपालिका खेलकुद बिकास ऐन २०७५ बमोजिम बुधबार जुडो खेल संघ गठन गरेको हो ।

सुरेन्द्र बरालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठनभएको छ । उपाध्यक्षमा रेवाती भण्डारी, सचीवमा मिलन बाबू सुनवार र कोषाध्यक्षमा शेर बहादुर आले चयन भएका छन । यस्तै सदस्यहरुमा अर्जुन लामिछाने , सुशील तिवारी , निर्मल न्यौपाने , दिपक अधिकारी र मनोज सुनार चयन भएका छन ।

गण्डकी जुडो संघका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष रुद्र नारायण मल्लले खेलकुदमा राजनीति घुस्नाले प्रगति हुन नसकेको गुनासो गरे ।

उनले खेलकुदका कार्यक्रम निस्पक्ष रुपमा सन्चालन गर्न सके शारीरिक, मानसिक रुपमा स्वस्थ हुने र आत्मरक्षाका लागि जुडो खेल ब्यवहारिक खेल भएको बताए ।

फप्रमुख अतिथि पोखरा महानगरपालिका खेलकुद बिकास समितिका सदस्य सचिब सुवास खड्काले ” समृद्धि पोखरा स्वस्थ नागरिक ” भन्ने नारालाई आत्मसात गर्दै पोखरा महानगरपालिका खेलकुद बिकास ऐन २०७५ बमोजिम खेलकुदका सबै गतिविधि चलायमान गर्न विभिन्न संग गठन गरेको बताए । जस अन्तर्गत जुडो खेलको पनि संघ गठन गरिएको बताए ।

संघ गठन गर्ने मात्र ठुलो कुरा नभएको भन्दै त्यसलाई ब्यावसायिकता र खेलाडीलाई खेलमा रहिरहन प्रेरित गर्न जरुरी रहेको बताए । कार्यसम्पादन गर्दा विभिन्न चुनौती आइपर्ने हुँदा ध्यान पुर्वक अगाडि बढ्न अनुरोध गरे ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्